कञ्चनपुरको बेलौरीमा मोटरसाइकल सहित अवैध सामान बरामद

कञ्चनपुर, १९ जेठ- कञ्चनपुरको बेलौरीमा मोटरसाइकल सहित अवैध सामान बरामद गरिएको छ । कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरीले १ लाख २९ हजार मूल्य बराबरका अवैध मालसामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापा चोकबाट खटिएको पैदल सीमा गस्ती टोलीले सीमा इलाकामा गस्ती गर्ने क्रममा निषेधाज्ञा उल्लङ्घन गरी अवैध रूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अन्दाजी १ लाख २९ हजार मूल्य बराबरका प्लाष्टिक, ताल जाली, सुर्ती, बिडी र मोटरसाइकल सहित बरामद गरेको जनाएको छ ।

Navadurga sun

बरामद गरिएको मोटरसाइकल सहितका मालसामान आवश्यक कानुनी कारबाहीको लागि त्रिनगरमा भन्सार कार्यालय कैलालीमा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...