सेती प्रादेशिक अस्पतालमा ५४ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु




धनगढी, १९ जेठ- सेती प्रादेशिक अस्पतालमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा २३३ जनाको नमुना परीक्षण गर्दा थप ५४ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।



पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना निको भएर घर फर्केका छन् भने थप ७ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा ४५ जना संक्रमित उपचाररत छन् । जसमध्ये ११ जना आईसीयूमा, ३ जना भेन्टिलेटर र ३२ जना अक्सिजन सपोर्टमा उपचाररत रहेका छन् ।


त्यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत १ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ६ का २९ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।



