कैलालीकाे अत्तरिया रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिहान ८ बजे देखी मतदान हुने

अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस मा भोली बुधबार हुने स्वबियु निर्बाचनको तयारी भएको निर्बाचन समितीले जनाएको छ । निर्बाचनको लागी ३ वटा मतदान स्थल बनाइएको छ ।

Dadeldhura hospital

मत पत्र छापाई देखी अन्य सुरक्षाको तयारी समेत पुरा भएको समितीले जनाएको छ । मुख्य तीन उम्मेदवार बिच प्रतिस्पर्धा हुने भएको छ । भोली बिहान ८ बजे देखी ४ बजे सम्म मतदान गर्न सकिने छ ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त क्याम्पसमा झण्डै ११ सय ७२ मतदाता रहेका छन । निर्बाचनमा सभापतीको लागी ५ जना चुनाबी मैदानमा होमिएका छन । नेबिसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बनेको छ भने अनेरास्वबियु एकल प्यानल सहित चुनाबमा जाने भएको छ । यस्तै २ जनाले स्वतन्त्र टिम सहित उम्मेदवारी दिएका छन । विश्वबिद्यालय अन्तर्गतका सबै क्याम्पसमा भोली स्वबियुको निर्बाचन हुँदै छ ।

Loading...