कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववीयु) का पुष्पराज सुवेदीले उम्मेदवार दिए सँगै प्रचारप्रसारलाई तिब्र पारेका छन् । उनले आफ्नो उम्मेदवार घोषणा भएसँगै विद्यार्थीहरु माझ प्रचारप्रसारलाई अगाडी बढाएका हुन् ।
त्यस्तै आउदो चैत्र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सभापतिका सुवेदीले आफ्नो पकड राम्रो भएको बताएका छन् । एम.बि.एस.तेस्रो सेमेस्टरमा अध्ययनरत सुवेदीले एस.एल.सी.मा ७२ प्रतिशत अंक ल्याउन सफल भएका उम्मेदवारी हुन् । उनले लामो समय देखि व्यवसायमा संलग्न रहेकोले व्यवसाय तिर पनि उतिकै अब्बल छन् । उनिसंग यस्ता यावत धेरै कुराहरुको ज्ञान भएता पनि उनले समाजका विभिन्न सकारात्मक कार्यक्रममा सफल नेतृत्व गर्न सक्ने क्षमता भएकोमा गनिन्छन् ।
प्रस्तुत छ, स्ववियु निर्वाचनमा अनेरास्ववीयुबाट उनको उम्मेदवारी क्याम्पसको समग्र विकास लगायत यावत कुराहरुको सुधारको लागि आफुसँग कस्तो प्रकृया जाने, क्याम्पस प्रति आफ्नो भूमिका लगायत विषयमा लिइएको अन्तर्वार्ताको सम्पादित अंश :
१. स्ववियुको निर्वाचन चैत ८ गते हुँदै छ कस्तो तयारी गर्नु भएको छ ?
– स्ववियुको मिति घोषणा भइसकेपछि विद्यार्थीहरु माझ हामिले गरेका कामहरु, एजेण्डाहरु, प्रस्तुत गर्दै हामिहरुले भोटका लागि अपिल गरेका छौं । हामिहरु बिद्यार्थी माझ जाँदा उहाँहरुको माय र सदभावले उर्जा थप्ने काम भएको छ । चुनावमा सम्वन्ध स्थापित हुनुको साथै एकदमै स्वाहर्द माहोलमा चुनावी मैदानमा होमिएको छौं ।
२. तपाईलाई विद्यार्थीहरुले के र केका लागि मतदान गर्ने ?
– बिद्यार्थीहरुको सन्दर्भमा बिगत लामो समय देखि लगभग ८ बर्षको समयावधी बिद्यार्थी संगठनमा जिडिएर निरन्तर रुपमा काम गरेको छु । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको सन्दर्भमा पनि ब्याचलर र मास्टर्स पढ्दै गर्दा पनि विद्यार्थीका हक हितका कुरालाई बुलन्द रुपमा आवाज लिएर अगाडी आएको आए । स्ववियु निर्वाचन हुनुपर्छ भन्ने कुरामा आफुले निरन्तर आवाज उठाउनुका साथै यहाँको भौतिक संरचना, पढाईका गुरुस्तर जस्ता कुरालाई विद्यार्थीको प्रतिनिधित्व गर्दै अगाडी बढेको छु साथै विद्यार्थीहरुले तपाईले नेतृत्व लिनु पर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै आफु गडाढी बढेको छु ।
३. स्ववियुको निर्वाचनमा होमिदै गर्दा जित्ने सम्भावना कतिको देख्नु भएको छ ?
– चुनावमा होमिदै गर्दा, विद्यार्थी माझ पुग्दै गर्दा उहाँहरुले जुन किसिमको माया, जुन किसिमको साथ र सदभाव देखाइराख्नु भएको छ यो साथ सहयोग र सदभावले मैले चुनाव जित्ने लगभग निश्चित बनेको छ ।
४. सुदूरपश्चिमको धेरै ठाउँमा अनेरास्ववियुले बिजय हासिल गरिसकेको छ दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको हकमा अनेरास्ववियुले कस्तो भुमिका खेल्छ जित्ने सम्भावन के-के छ ?
– अहिले देशभरिमै अनुरास्ववियुको एक किसिमको लहरनै चलेको अनुभुति आम विद्यार्थीहरुले गरेका छन् देशभरी अग्रपंक्तीमा लगभग दोब्बर मतले दोब्बर स्थानमा अनेरास्ववियुले लिड गरिरहेको छ । सुदूरपश्चिमको कैलालीको हकमा पनि ९ वटा क्याम्पसमा चुनाव भैरहँदा ५ वटामा बिजय भएको खबर आएको प्राप्त गरेका छौं । आसपासका क्याम्पसहरुमा पनि अनेरास्ववियुका उम्मेदवारहरु बिजयी भएका खबरहरु आएका छन् । यसले गर्दा आम विद्यार्थीहरुले अनेरास्ववियु प्रति मायाका साथै विश्वाष गरेको अनुभुति भएको छ ।
५. अनेरास्ववियुले कैलालीका ५ र अन्य संगठनहरुले पनि जितेको छ त्यो प्रभाव दुर्गालक्ष्मी क्याम्पसमा पर्छ कि पर्दैन ?
– निश्चित रुपमा अनेरास्ववियुले दुर्गालक्ष्मीको सन्दर्भमा गरेका कामहरु, प्रस्तुत गरेका एजेण्डाहरु, सबैलाई एककिसिमले मिलाएर लग्न सक्ने अनेरास्ववियु भित्रको क्षमता र व्यक्तिगत रुपमा म संगठनमा जोडिएपनि आम संगठनका साथीहरु, विद्यार्थीहरु, स्वतन्त्रका साथीहरु सबैलाई एकबद्ध बनाएर अगाडी बढि रहेको छु । यो कारणले साथीहरु सबैले एकढिक्का भएर साथ र सहयोग गरिराख्नु भएको छ ।
६. तपाईका मुख्य मुख्य एजेण्डाहरु के के रहेका छन् ?
– दुर्गालक्ष्मीको सन्दर्भमा धेरै जस्तो बिद्यार्थीहरु पहाडी जिल्ला र अन्य जिल्लाबाट दुर्गालक्ष्मीमा पढाईको सिलसिलामा आउने गरेका छन् । ति विद्यार्थीहरुलाई कोठामा बस्दै गर्दा सुरक्षाको दृष्टिकोणले होस वा आर्थिक भारका दृष्टिकोणले अहिले ठुलो समस्या भोगिरहेको हामिले अनुभव गरेका छौं । हामिले एउटा व्यवस्थित छात्रवासको व्यवस्था हुनुपर्छ भनेर माग उठाएका छौं । यसैगरी अत्तरिया देखि दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सम्म पक्की सडकको हामि पहल गछौं भनेर एजेण्डामा समावेश गरेका छौं ।
यसैगरी दुर्गालक्ष्मी भित्र केही भइपरि आउने घट्नाहरु, मिन्सुरेन्सको समस्यालाई लिएर हामिले अलगै स्वास्थ्यकर्मी सहितको स्वास्थ्य शाखाको व्यवस्था गर्ने । अहिलेको जुन चाँही प्रविधियुक्त वातावरण बनेको छ । विश्वभर प्रविधिको एकदमै प्रयोग भएको अवस्था छ तर हाम्रा विभिन्न क्याम्पसहरुमा विशेष गरी दुर्गालक्ष्मीमा अलि प्रभाव काम भएको महशुस गरेका छौं । त्यसैले प्रविधिमा पनि हाम्रो जोड रहेको छ । सार्वजनिक बिधाहरु जुन बिधाहरु हुन्छन् जस्तै संकृति जगेर्नाका विधाहरु छन् तर ति बिधाहरु यहाँ औचित्य पुष्टि हुन सकेका छैनन् । हामिले सार्वजनिक विधा भइरहँदा ति विधाहरु यो क्याम्पसमा मनाउनुका साथै त्यस्तो किसिमको बिधाहरुलाई चिनाउनु पर्छ । विश्वविद्यालय भनेको एउटा देशकै संस्कृति उजागर गर्ने ठाउँ त्यो रुपमा लिई हामिले सार्वजनिक विधा औचित्यको हिसाबले पनि हामिले त्यो कुरा एजेण्डाका रुपमा राखेका छौं ।
अहिले वित्तिय साक्षरताको कमि महशुस भएको छ त्यो कुरालाई पनि उठान गरेर हामिले बित्तिय साक्षरता कसरी विकाश गर्न सकिन्छ त्यो कुरालाई ध्यान दिएका छौं । अहिले दुर्गालक्ष्मी लगायत देशभरिनै छात्रको संख्या न्युन र छात्राको संख्या एकदमै बढीरहेको छात्रहरु बाहिर देश जाने लहर चलेको छ त्यो गम्भिर बिषय बनेको छ । ति बिद्यार्थीहरुले कसरि देशमा नै आफुले बढ्दै गरेको कोर्ष पर्ति विश्वास दिलाउने आफ्नो शिक्षा प्रति विश्वास दिलाउने, भोलिको दिनमा बजारमा हामि स्थापित हुन सक्छौ है, हामि उधमशिल बन्न सक्छौ है भन्ने वातावरण सृजना कसरी गर्न सकिन्छ भन्ने कुरालाई पनि जोड दिएका छौं । हामिहरुले यस्तै किसिमका यावत कुराहरु आफ्नो एजेण्डामा समावेश गरेका छौं ।
७. अनेरास्ववियुबाट सदस्य पदका उम्मेदवारीले आफ्नो राजिनामा गरेको घोषण गरेका छ यसले अनेरास्ववियुलाई कतिको असर पार्छ ?
– हिजो हामिहरु उम्मेदवार साथी लगायत सबै मिडिङमा बसि रहँदा उहाँलाई एक किसिमको फोन आएको थियो । उहाँलाई एककिसिमको धम्कीपूर्ण फोन मार्फत घर बोलाइयो । घर बोलाई सकेपछि मलाई नेतागणर्ले वा भनौ काँग्रेसका नेता गणले एक किसिमले दवाफमा पारेर दस्तखत गर्न लगाइयो भनेर उहाँले कुरा राख्नु भएको छ । यस्ता कुराहरु आम विद्यार्थीहरुले महशुस गर्नु भएको छ बुझ्नु भएको छ । उहाले थुपै्र साथीहरुले मलाई फोन गरेर यो कुराको प्रश्न गर्नु भयो । साथै उहाँले आफेले महशुस गरेको कुरा भन्नु भयो । तपाईहरु एउटा जित निश्चित भइसकेपछि कसरी हामिहरुलाई कमजोर बनाउन सकिन्छ भनेर त्यस्तो प्रयासका रुपमा उहाँहरुले दवाफ सृजना गराएर सदस्यलाई फिर्ता गराइयो भन्ने कुराहरु बाहिर आएको छ । त्यही कुरा तपाईहरुलाई अवगत गराउन चाहन्छु । हाम्रो जुन किसिमको अहिले आम बिद्यार्थीहरु माझ एकसिमको फेम बनेको छ, विद्यार्थीहरुले बिश्वास गर्ने बातावरण बनेको छ, जितको लगभग निश्चित भईसकेपछि कसरी कमजोर बनाउन सकिन्छ भन्ने प्रयासमा उम्मेदवारी फिर्ता गर्न लगाइएको हो । यद्यपी हामिले उहाँलाई पनि भोटका लागि अपिल गरेका छौं । उहाँले हामी सँगै भएर अगाडी बढ्ने छौं भन्ने कुरा पनि राख्नु भएको छ ।
८. तपाई अन्त्यमा के भन्न चाहनु हुन्छ ?
– सम्पूर्ण विद्यार्थीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छ तपाईहरुले जुन किसिमको माया प्रकट गर्नुभएको छ । जुन किसिमको विश्वास प्रकट गर्नु भएको छ । आफ्ना कुराहरु खुलेर राख्नु भएको छ । यसरी जाँदा ठिक होला भनेर सुझाव सल्लाह दिनु भएको छ । बिद्यार्थी साथीहरुलाई लगायत र आम रुपमा यहाँ वरपर बस्ने अभिभावकवर्गहरु, शिक्षा प्रति आस्थावान व्यक्तिहरु, नेतागणहरु लगायत सम्पूर्ण जनताहरु एक किसिमको माया र तपाई स्ववियुको लागि उपयुक्त हुनुहुन्छ भनेर जुन किसिमको प्रेरणा दिनु भएको छ । सम्पूणर्लाई धेरैधेरै धन्यवाद दिन चाहन्छ । पुन यही चैत ८ गने हुने चुनावका लागि स्ववियु उम्मेदवारीमा मेरो क्र.सं. ५ नम्वरमा सभापतिका लागि उम्मेदवारी रहेको छ सबैलाई मेरो क्र.स.५ पुष्पराज सुवेदीलाई भोट दिई साथ सहयोगका लागि हार्दिक अपिल गर्न चाहन्छु ।