

धनगढी– धनगढीमा एक घरमा चट्याङ पर्दा क्षति भएको छ । मंगलबार धनगढी उपमहानगरपालिका–५ तारानगरका कुन्नु नारायण चौधरीको दुई तले पक्की घरमा चट्याङ परेको हो ।



घरको दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाइ २ दशमलव ५ फिट प्वाल परेको उनले बताए । घरमा जडान भएको ईन्भटर मिटर बक्स, दुई वटा मेन स्विच र दुई वटा सब मिटर पूर्ण रूपमा क्षति भएको उनले बताए ।


यस्तै गाडी पार्किङ गर्न बनाएको ग्यारेज टिन, पार्किङ गरी राखेको बा०१–०२६च ५१०८ नं को कारमा र एउटा से६प ७४६६ नम्बरको स्वकुटीमा समेत क्षति पुगेको उनले जानकारी दिए । तर मानवीय क्षति नभएको बताइएको छ ।