सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैत २१ गते

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन चैत २१ मा हुने भएको छ । यसअघि चैत ८ मा हुने निर्वाचन स्थगित भएपछि सोमबार क्याम्पस प्रशासन र संघरसंगठनका प्रतिनिधिबीच निर्वाचन गर्ने सहमति भएको हो ।

विश्वद्यिालयले विद्यार्थी संघरसंगठनकै सहमतिमा केन्द्रीय र आंगिक सबै क्याम्पसमा चैत ८ मा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । केन्द्रीय क्याम्पसमा विद्यार्थी भर्नासम्बन्धी विवादका कारण नर्वाचन हुन सकेको थिएन ।

Navadurga sun

‘सबै विद्यार्थी भर्ना हुन नसकेका कारण केही विद्यार्थी संगठनले विरोध गरेका थिए,’ केन्द्रीय क्याम्पसका निर्वाचन अधिकृत तोरण भट्टले भने, ‘अब भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भयो ।’

निर्वाचन अधिकृत भट्टका अनुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीलाई निर्वाचनमा सहभागी हुन दिने सहमति भएको छ । चैत ८ मा तोकेको निर्वाचनअन्तर्गत ५ आंगिक क्याम्पसमा अझै विवाद छ ।

एक क्याम्पसमा यसअघि नै सहमतिमा नेतृत्व चयन भएको थियो । विश्वविद्यालयका अनुसार चैत २१ मा १० वटा आंगिक क्याम्पसमा निर्वाचन हुनेछ । विश्वविद्यालयमा केन्द्रीय र आंगिक गरी १६ क्याम्पस छन् ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...