डोटीमा क्रान्तिकारीले मतपेटिका फुटाएपछि स्ववियु निर्वाचन स्थगित, एक जना पक्राउ

धनगढी- डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपा ‘विप्लव’ निकट विद्यार्थीहरुले मतपेटिका फुटाएपछि मतदान रोकिएको थियो। मत पेटिकासँगै अन्य सामाग्रीमा पनि क्षति भएको भन्दै निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले जानकारी दिए।

‘केही उश्रृंखल तत्त्वहरू मतदान तत्त्वहरू मतदान स्थलभित्र प्रवेश गरेर मतपेटिका लगायत अन्य सामाग्री तोडफोड गरेको हुँदा मतदान गर्न गराउन सम्भव नभएकाले निर्वाचन स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ,’उनले जारी गरेको सूचना भनिएको छ।

Navadurga sun

क्रान्तिकारीका विद्यार्थीहरुले विवाद झिकेपछि मतदान रोकिएमा बैठक बसेको थियो। तर, सहमति हुन नसकेपछि निर्वाचन स्थगित गरिएको हो। नेविसंघले विद्यार्थीहरुको परिचय पत्र एकमुष्ट लिएर फर्जी मत हाल्ने प्रयास गरेपछि विवाद भएको थियो। विवादका क्रममा मतपेटिका फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...