दुर्गालक्ष्मीको स्ववियु सभापतिका उम्मेदवार ओझाका एजेण्डा सार्वजनिक

अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका उम्मेदवार लोक राज ओझा (एलआर) ले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । टिम सहित स्वतन्त्र उम्मेदवारी दिएका ओझाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले क्याम्पस प्रशासन र विश्वविद्यालयको परिवर्तनका लागि आफू सबै कुरा त्यागेर अगाडी बढेको बताए । उनले आफु स्ववियु सभापतिमा निर्वाचित भए क्याम्पसमा शैक्षिक क्यालेन्डर बर्षको सुरु मै विद्यार्थीको हातमा पुगाइने बताए । उनले क्याम्पसमा प्रदान गरिने छात्रवृति वास्तविक गरिव, अपाङ्गता भएका विद्यार्थीलाई पाउने व्यवस्था गरिने बताए ।

Navadurga sun

उनले क्याम्पसको पुस्तकालयबाट एउटा मात्रै पुस्तक पाइने गरेकोमा त्यसको संख्या बढाइने बताए । उनले क्याम्पसमा छात्राबास निर्माणका लागि पनि आफूले आवाज उठाउने बताए । उनले हाल क्याम्पसमा आकस्मिक उपचार केन्द्र नभएकाले त्यसका लागि पनि आफूले पहल गर्ने बताए । उनले छात्राहरुका लागि क्याम्पसमा स्यानेटरी प्याडको पनि व्यवस्था गरिने बताए ।

उनले अपाङ्गता भएका विद्यार्थीहरुलाई पढ्न असहज भएकाले उनीहरुका लागि अपाङमैत्री वातावरण सृजना गरिने बताए । क्याम्पसमा शिक्षक समयमा उपस्थित नहुने समस्या भएकाले त्यसको सुधारका लागि पनि आफूले काम गर्ने उनले बताए । उनले क्याम्पसमा अतिरिक्त क्रियाकलाप संगै स्ववियु सप्ताह अन्तरगत विभिन्न कार्यक्रम संचालन गरिने बताए ।

उनले क्याम्पसमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन पनि स्ववियुमार्फत पहल गरिने उनले बताए । उनले आफुले विगतमा पनि क्याम्पस र विद्यार्थीको हक अधिकारका लागि थुप्रै काम गरेको बताए । विगतका कामको पनि विद्यार्थीले मुल्याङ्कन गरेर आफूलाई विजयी गराउनेमा आफू ढुक्क रहेको उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...