


धनगढी- धनगढीस्थित शिवपुरी सामुदायिक बनमा आगलागी भएको छ। आइतबार राति करिव सवा ८ बजेतिर धनगढी उपमहानगरपालिका–३ शिवपुरीधाम बोराडाडीको शिवपुरी सामुदायिक बनमा आगलागी भएको हो।


आगो केहीबेरमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए।

