दोस्रो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता २०८० आयोजना हुने

डोटी- सिलगढीस्थित नेपाली सेनाको भैरवप्रसाद गणले डोटीमा दोस्रो खप्तड शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
खप्तड क्षेत्रमा २०८० साल जेठ १६ गते शुक्लपक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको भैरवप्रसाद गणका गणपति (प्रमुख सेनानी) जनमतबहादुर कार्कीले बताए ।

Ganyapdhura gau

सुदूर पश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सीमाक्षेत्रमा रहेको भू–स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रमा शुक्लपक्षको दशमीमा गङ्गा दशहरा मेला लाग्ने गर्दछ । सोही अवसरमा खप्तड शैलेश्वरी खुला म्याराथन प्रतियोगिता (पुरुष र महिला) का साथै भलिबल, देउडा, घोडादौड प्रतियोगिता पनि आयोजना गरिने उनले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरपूर खप्तडलाई म्याराथन प्रतियोगिताका माध्यमले देश विदेशमा चिनाउन उक्त प्रतियोगिता आयोजना गर्न लागिएको गणपति कार्कीले बताए । पुरुषतर्फको म्याराथन प्रतियोगिता खप्तडदेखि सिलगढीस्थित शैलेश्वरी मन्दिरसम्म ४२ किलोमिटर रहनेछ भने महिलातर्फको झिङ्ग्रानादेखि सिलगढी शैलेश्वरी मन्दिरसम्म २१ किलोमिटर रहने जनाइएको छ ।

Dadeldhura hospital

म्याराथनमा पुरुषतर्फ प्रथम हुनेले रु एक लाख ५० हजार र महिलातर्फ प्रथम हुनेले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै पुरुषतर्फ द्धितीयले रु ८० हजार, तृतीयले रु ५० हजार पाउनेछन् भने महिलातर्फ द्वितीयले ३० हजार, तृतीयले २० हजार पाउनाका साथै प्रतियोगितामा सान्त्वनादेखि दशौँ स्थानसम्म हासिल गर्ने प्रतियोगीलाई पनि पुरस्कारका साथै सहभागी अन्य प्रतियोगीलाई कप र प्रमाणपत्रको ब्यवस्था गरिएको नेपाली सेनाको भैरवप्रसाद गणले जनाएको छ ।

त्यस्तै भलिबल प्रतियोगितातर्फ प्रथम हुनेलाई रु ५० हजार, द्धितीयलाई रु ३० हजार र तृतीयलाई रु २० हजार पुरस्कार दिइनेछ भने घोडा डौडतर्फ प्रथम हुनेलाई रु ३० हजार, द्धितीयलाई रु १५ हजार र तृतीयलाई रु पाँच हजार पुरस्कार दिइनाका साथै डेउडा प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।

उक्त प्रतियोगितामा खप्तड पर्यटन विकास समिति, स्थानीय सरकार, विभिन्न सङ्घ संस्था, उद्योग वाणिज्य सङ्घले सहयोग गर्ने भएका छन् । म्याराथन बाहेकका सबै प्रतियोगिता गङ्गा दशहरा मेलाभन्दा अगाडि सम्पन्न हुनेसमेत जनाइएको छ । म्याराथन प्रतियोगिता भने मेलाको भोलिपल्ट जेठ १७ गते हुने भएको छ ।

यसअघि नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा प्रथम खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता २०७९ आयोजना गरिएकामा नेपाली सेनाको भवानी बक्स गण अछाममा कार्यरत अमलदार सुशीलकुमार शाही प्रथम भएका थिए । उनले दुई घण्टा १८ मिनेट ३१ सेकेन्डमा खप्तड त्रिवेणी धामदेखि डोटीको शैलेश्वरी मन्दिरसम्मको ३२ किलोमीटरको दूरी पार गरेका थिए । रासस

 

Loading...