डोटीको पिपल्ला बजारमा आगलागी

Dadeldhura hospital

डोटी- डोटीको पिपल्ला बजारमा आगलागी भएको छ । दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला बजारमा रहेको मनकामना होटलमा आगलागी भएको हो ।

आगलागीबाट होटलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । स्थानीय एवं प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

Loading...