


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ। रास्वपा कार्यालय बिहीबार बसेको पार्टी पदाधिकारी र संसदीय दलको बैठकले मतदान सकिनु दुई घन्टाअघि पौडेललाई मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए।


पार्टीले आधिकारिक रूपमा भने कसलाई मत दिने कुरा सार्वजनिक गरेको छैन। रास्वपा उपसभापति तथा संसदीय दलका नेता डिपी अर्यालले पार्टीका सबै सांसदले एकै उम्मेदवारलाई मत दिने निर्णय गरेको तर आचार संहिताका कारण सार्वजनिक रूपमा भन्न नमिल्ने बताए। रास्वपाका प्रतिनिधि सभामा १९ जना सांसद छन्।

