नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

Dadeldhura hospital

काठमाडौं- नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले राष्ट्रियताका सवालमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा अन्तर नभएकाले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको बताए । नेमकिपाका प्रतिनिधि सभामा एक र बागमती प्रदेशमा तीन जना सांसद छन् ।

Navadurga sun
Godawari sandesh
Loading...