महिलालाई डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाऊँ : आरजु राणा

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य डा। आरजु राणा देउवाले डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चिततासहितको महिला अधिकार स्थापित गर्नुपर्ने बताएकी छिन्।

Dadeldhura hospital

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा सन्देश जारी गर्दै उनले नेपाल र विश्वभर लैंगिक समानताको प्रवर्द्धनमा भएका महत्वपूर्ण प्रगतिलाई स्वीकार गर्दै महिलालाई नवीनतम प्रविधिमा समान पहुँच र अहिलेको डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता गर्न आवश्यक रहेको बताएकी हुन् ।

Navadurga sun
Godawari sandesh

नेपाली नारीले आफूले पाएका अवसरमा सफल भएको बताउँदै उनले नेपाली नारीले लगातार रूपमा शिक्षा, स्वास्थ्य सेवामा पहुँचलगायत कार्यस्थल र समान अवसरहरूका क्षेत्रमा भोग्दै आएको बाधा र भेदभाव एक–आपसमा हातेमाले गरेर तोड्न लागिपर्ने उल्लेख गरेकी छिन् ।

साथै उनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा डिजिटल स्पेससहितका क्षेत्रहरूमा लैंगिक समानताको प्रवर्द्धन गर्ने प्रतिबद्धता गर्न पनि सबैलाई अनुरोध गरेकी छिन्।

Loading...