कैलालीमा लागुऔषध सहित २ जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषध खैरो हेरोईन सहित २ जना पक्राउ परेका छन् । आइतबार दिउँसो २ः२० बजेको समयमा लागू औषधको कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कैलारी गाउँपालीका वडा नं. २ उजेली सिमरा स्थित सोही ठाउँ वडा नम्बर ७ कोठा गरी बस्ने २१ बर्षीय आषिश चौधरी र कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ४ का २७ बर्षीय करन रावल रहेका छन् ।

Navadurga sun

यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट प्रहरी टोली खटीएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट १८ ग्राम ६८० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) बरामद गरीएको हो । पक्राउ परेका दुबै जनामाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...