बिश्वास कायम गरेर साझा प्रतिनिधिका रुपमा काम गर्नेछु : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले साझा प्रतिनिधिका रुपमा काम गर्ने बताएका छन् । आइतबार विश्वासको मत लिएका मुख्यमन्त्री शाहले प्रदेशका हरेक समस्या, प्रदेश संरचनाका समस्याका बारेमा राम्रोसँग बुझेको बताउँदै सबैसँग हातेमालो गर्दै साझा प्रतिनिधिका रुपमा काम गर्ने बताएका हुन् ।

Dadeldhura hospital

उनले प्रदेश र संघको बिचको असमझदारीका बारेमा अध्ययन गरेको र प्रदेश सरकारको समग्र पक्षमा रहेर काम गर्ने बताए । यसअघि एमालेको सरकारबाट जनताले राजनितीक स्थायित्व तथा प्रदेश बिकासको आशा राखेको भएपनी त्यो बातावरण नबनेपछि अब जनतालाई भरोसा र बिश्वासको बातावरण सिर्जना गरी काम गर्ने दाबी गरे । उनले आफूले भ्रष्टाचार विरुद्ध र सुशासन स्थापनका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबैको साझा मुख्यमन्त्री भएर काम गर्ने उनले बताए ।

Navadurga sun
Godawari sandesh

उनले नागरिक उन्मुक्तीबाट पनी बिश्वासको मत पाएको बताउँदै पावरसेयरिङ कुरा केन्द्र तह तथा शिर्ष नेताबिचको छलफलपछि टुङ्गीने उनले बताए । सरकार बिस्तार गर्ने कुरा सबैलाई मिलाएर र सहभागी भएर लैजाने उनले बताए । उनले संघीयतालाई मजबुत बनाउने गरी काम गर्ने विश्वास पनि व्यक्त गरे ।

प्रदेश र संघीयताका बारेमा आएका नकारात्मक कुरालाई निस्तेज पार्ने बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने अठोट पनि गरेका छन् । नेपाली काङ्ग्रेस सहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिएका हुन् । जम्मा खसेको ५२ मतमा मुख्यमन्त्री शाहको पक्षमा ४१ मत खसे । जसमा बिपक्ष जम्मा ११ मत खसेका थिए ।

Loading...