सुदूरपश्चिममा तीन जनामा कोरोना पुष्टि

धनगढी- सुदूरपश्चिममा तीन जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ३ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

Dadeldhura hospital

एन्टीजेन विधिबाट आइतबार दुई सय सात जनामा कोरोना परिक्षण गरिएको थियो । परिक्षण गरिएकामध्ये दुई सय चार जनामा नेगेटीभ तथा तीन जनामा पोजेटीभ देखिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

अहिलेसम्म एन्टीजेन विधिबाट ४ लाख ११ हजार ९ सय १९ जनाको परिक्षण गरिएकोमा १९ हजार एक सय चार जनामा पोजेटीभ, ३ लाख ९२ हजार ८ सय १५ जनामा नेगेटीभ देखिएको छ भने २ सय ४६ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Loading...