अत्तरियामा रहेको ज्ञानज्योती स्कुलको २६औं वार्षिकोत्सब सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको ज्ञान ज्योती सेकेण्डरी स्कुलले २६औं वार्षिकोत्सब विविध कार्यक्रम गरी मनाएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी बिद्यालयले वार्षिकोत्सब मनाएको हो । स्कुलका प्रिन्सिपल जगबिर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी शिक्षाबिद शिवहरी मुडभरी रहेका थिए ।

Dadeldhura hospital

कार्यक्रममा धनगढी अत्तरिया क्षेत्रका बिभिन्न बिद्यालयका प्रिन्सिपलहरु, बिभिन्न संघ संस्थाका प्रमुख, अभिभावकहरु, लगायत शिक्षक-शिक्षिका, समाजसेबी, बुद्धिजिवी व्यक्तिहरूको उपस्थिति रहेको थियो । एबम बिद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै कार्यक्रममा बिद्यार्थीहरुले बनाएका बिभिन्न सामाग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो । बिद्यालयका बिभिन्न खेलकुद प्रतियोगितामा बिजेता बिद्यार्थीहरुलाई पुरुस्कार समेत प्रदान गरिएको थियो । उक्त बिद्यालय २०५३ सालमा स्थापना भएको थियो।

Loading...