जसपामा अन्तर्घात गरेको आरोपमा ८० जनालाई कारबाही गर्न सिफारिस

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) मा अन्तर्घातको आरोप लागेका ८० जनालाई कारबाही गर्न सिफारिस गरेको छ। जसपाले गठन गरेको छानबिन समितिले शनिबार बालकुमारीस्थित औपचारिक कार्यक्रममा अध्‍यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएका हुन्।

Dadeldhura hospital

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो। केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ जनासँग बयान लिइएको हो। जसमध्ये ८० जनालाई कारवाहीको सिफारिस गरिएको हो।

Navadurga sun
Godawari sandesh

छानबिन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो।

गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्य पनि कारवाहीको लागि सिफारिस गरिएको छ। शिवलाल थापा नेतृत्वको छानबिन समितिले आफूले जिम्मेवारी पाएको ४९ औं दिनमा प्रतिवेदन हस्तान्तरण गरेको छ।

Loading...