

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा चर्को बैंकिङ ब्याजदर विरुद्ध आज पनि विरोध र्याली निकालिएको छ। अत्तरिया उद्योग वाणीज्य संघ को आयोजनामा अत्तरिया मा आज बिहान देखी व्यवसायिहरुले आफ्नो ब्यापार व्यवसायीहरुले ११ बजे सम्म बन्द गरेर अत्तरिया बजार परिक्रमा गरी उक्त विरोध र्याली निकालेका हुन्।


विरोध र्याली पछि कोण सभालाई सम्बोधन गर्दै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले यस उद्योग वाणीज्य संघ व्यापारीहरूको छाता संगठन भएको हुनाले ूव्यापारीहरुलाई जब समस्या,मार्का पर्छ त्यसको लागि नेतृत्व गर्नु पर्छ साथै उनीहरूको आबस्यकता भनेको छाता संगठन होूभनेर भने।


आज यस्तो विषम परिस्थिति छ जुन ब्यापारी व्यवसायिहरु अत्मदहा गरेर मृत्यु भएका छन्,कोही आत्महत्या गर्नु पर्ने अवस्था मा पुगेका छन् यसको कारण बैंकिङ हो जुन यो खुलेआम दादागिरी गर्दै चर्को ब्याजदर लगाएर व्यापारीहरूको ढाड सेक्ने गरिरहेका छन् भनेर उनले भने। उनले यस्ता बैंकहरुको विरुद्ध मा हामीले यस्तो चर्को ब्याजदर विरुद्ध संघर्ष का कार्यक्रमहरुलाई थप शसक्त बनाउँदै आगामी दिनहरुमा सडक मा उत्रिन बाध्य हुने छौूभने ।
हिजो को दिन कर्जा दिँदा खेरी ७/८ प्रतिशत मा सम्झौता गरेर कर्जा प्रवाह गर्ने र आज आएर उद्योगी व्यापारी ऋणरीहरुलाई थाहै नदिकन १८र२०प्रतिशत सम्म बढाई बैंकहरुले खुले आम दादागिरी गर्दै आइरहेको भने उनले भने। उनले सम्पूर्ण उद्योगी, व्यवसायी, व्यापारीहरु एकजुट भएर चर्को ब्याजदर विरूद्धको आन्दोलनलाई निष्कर्ष रुपमा नपुगाएसम्म आन्दोलनलाई निरन्तरता दिएर लाग्नु पर्छ भने।उनले सम्पूर्ण व्यापारी व्यावसायीहरुलाई बैंकिङ चर्को ब्याज मात्र नभई बैंकिङको आतंक, चोरी, डकैती शैलीमा जसरी व्यापारी व्यवसायीहरुलाई चुस्ने ठगी गर्ने कार्य भइरहेको बताए ।

उनले ब्यापारी, ब्यवसायीहरु लाई बैंकिङहरुले जुका बनेर खुन चुसे जस्तै गर्ने,व्यापारीहरूको ढाड सेक्ने साथै बैंकका कर्मचारी , सिइओ मोटाउँदै जाने ब्यापारी दुब्लाउँदै जाने धम्की,पीडा,मानसिक तनाव दिने क्रियाकलाप गर्दै आइरहेको छन् यो प्रविधि जबसम्म अन्त्य हुँदैन यो हाम्रो आन्दोलन निष्कर्ष मा पुग्दैन यो आन्दोलन आज स्थानीय,जिल्ला, सुदुरपश्चिम बाट सुरुभएको छ भोली यो आन्दोलन काठमाडौं को सिंहदरबार,बालुवाटार सम्म पुग्ने छ भनेर भने। अत्तरिया सेवाकेन्द्र रहेको शिवशिखर बहुउद्देशयीय सहकारी संस्था मा रहेको बचतकर्ता को समेत बचत फिर्ता गर्न अत्तरिया उद्योग वाणीज्य संघ ले पहल गर्ने
अध्यक्ष देवकोटा ले अत्तरिया मा शाखा विस्तार गरेको यस शिवशिखर बहुउद्देशयीय सहकारी संस्थाले विभिन्न क्षेत्रका थुप्रै बचतकर्ताको बचत संकलन गरेर जुन अहिले आफ्नो कार्यालय मा तला बन्दी गरेर संचालकहरु फरार भएको छ त्यसका विरुद्ध मा पनि
हामी लाग्ने छौ भनेर भने।
यस संस्था मा ब्यापारी व्यवसायिहरुले कति बचत गर्नु भएको छ निवेदन अत्तरिया उद्योग वाणीज्य संघ मा आफ्नो खाता नं र नाम सहित पेस गर्नु होस् त्यसका लागि संचालक समिति लाई उद्योग वाणीज्य संघ बाट पत्राचार गर्छु यसको पनि सिघ्र निष्कर्ष मा आएनभने हामी यस संस्थाको कार्यालय मा गएर घेराउ गर्नेर्छौ र जबसम्म बचतकर्ताहरुको बचत रकम फिर्ता गर्दै तब सम्म यस उद्योग वाणिज्य संघ ले पहल गरीरहने छ यसको लागि सम्पूर्ण बचतकर्ताहरुले साथ दिनुपर्ने समेत उनले बताए।
बिहान ९ बजे देखि ११ बजे यही फाल्गुन २२ गते सम्म अत्तरिया बजारको ब्यवसायीहरुले आफ्नो पसल बन्द गर्ने भएको र फाल्गुन १८ गते कुनै पनि बैंकमा व्यवसायिहरुले कारोबार नगर्ने निर्णय भएको समेत बताए।
अत्तरिया उद्योग वाणिज्य संघद्वारा आयोजित विरोध र्याली मा नेपाल पुस्तक तथा स्टेशनरी शाखा कार्यालय अत्तरिया, कैलाली हार्डवेयर व्यबसायि संघ, गोदावरी होटल व्यवसायी संघ, किराना व्यवसायी संघ अत्तरिया लगायत सम्पूर्ण उद्योगी, व्यवसायी व्यापारीहरु को सहभागी रहेको थियो।





