


अत्तरिया– जनकल्याण इङलिस स्कूलको २४ औं अभिभावक दिवस तथा बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको जनकल्याण इङलिस स्कूलले बिभिन्न कार्यक्रमको आयोजना गरेर शुक्रबार आफ्नो २४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।



विद्यालयले २४ औं वार्षिकोउत्सवकोे अवसरपारी विद्यालयमा अध्ययनरत एवम् खेलकुदमा सहभागी प्रथम, द्वितिय, तृतीय, उत्कृष्ट विद्यार्थीहरु लगायत विभिन्न विधामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थियो । साथै वार्षिकोउत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रममा आफ्नो रोचक नृत्य, गीत, मन्तव्य प्रस्तुति समेत गरेका थिए ।


जनकल्याण इंग्लिश स्कूलका संस्थापक योगेन्द्र हमालको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टी.एन जोशी थिए । त्यस्तै विशिष्ट अतिथिमा गोदावरी नगरपालिका नगर प्रवक्ता गोपाल दत्त भट्ट, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस प्रमुख डा. डम्बर बहादुर पाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगबिर थापा थिए ।
त्यस्तै अतिथिमा वडा नं १० का वडाध्यक्ष रवीन्द्र शाही, वडा नं २ का वडाध्यक्ष यज बहादुर महरा, राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष लीलाधर बास्कोटा, युवा नेता लोकराज पाण्डे आगो र सामाजिक अभियन्ता पुस्कर शर्मा जोशी लगायत बिभिन्न संघसंस्थाका प्रतिधीनि, समाजसेवी, विद्धिजिवि, शिक्षक/शिक्षिकाहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो ।
वि.स. २०५४ साल स्थापना भई सञ्चालनमा ल्याइएको विद्यालयमा नर्सरी कक्षा देखि १० कक्षा सम्म पठनपाठन भईरहेको छ । हाल यस विद्यालयमा ४५० जना विद्यार्थीहरुले अध्ययरत रहेका छन् ।





