पुष्पाञ्जली आवासीय माविको ३४ औं अभिभावक दिवस तथा बार्षिकोत्सव सम्पन्न

अत्तरिया- पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयको ३४ औं अभिभावक दिवस तथा बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयले बिभिन्न कार्यक्रमको आयोजना गरेर बिहीबार आफ्नो ३४औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

पुष्पाञ्जली आवासीय विद्यालयका संस्थापक तथा प्रधानाध्यापक यमप्रसाद भण्डारीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिति गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कार्यक्रममा विशिष्ठ अतिथिमा प्याब्सनका केन्द्रीय उपाअध्यक्ष जगबिर थापा रहेका थिए । त्यसैगरी अतिथिहरुमा प्याब्सन जिल्ला अध्यक्ष टोपेन्द्र शाही, स्टेपिङ स्टोन इंग्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल रामजी हमाल, राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष लीलाधर बास्कोटा रहेका थिए ।

२०४५ सालमा स्थापना भएको यस विद्यालयमा हाल ९ सय ६५ जना विद्यार्थीहरु अध्यनरत रहेका छन । विद्यालयले वार्षिकोत्सवको अवसर पारी विद्यालयले खेलाउदै आइरहेको खेल तथा विभिन्न विधामा सहभागी प्रथम, द्वितिय, तृतिय, लगायत उत्कृष्ठ हुने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरेको थियो ।

आगामी दिनहरुमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिने विद्यालयका संस्थापक तथा प्रिन्सिपल यमप्रसाद भण्डारीले बताए । वार्षिकोत्सब कार्यक्रममा विभिन्न मनमोहक सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । वार्षिकोत्सव कार्यक्रम संचालक शिक्षक डम्मरु राज भट्टले गरेका थिए ।

Loading...