यूएई र पिएनजीविरुद्धको सिरिजका लागि राष्ट्रिय टोलीमै परेनन् लामिछाने

काठमाडौं- नेपाल क्रिकेट संघ ९क्यान०ले आइसीसी लिग-२ अन्तर्गत यूएई र पिएनजीसँग हुने खेलका लागि नेपाली टिम घोषणा गरेको छ। क्यानले पूर्वकप्तानसमेत रहेका सन्दीप लामिछानेलाई भने समेटेको छैन। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतका अन्तिम खेलमा क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

पौडेलसँगै कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम९मौसम० ढकाल टिममा समेटीउका छन्। प्रतिश र श्याम पहिलोपटक राष्ट्रिय टिममा परेका हुन्।

Navadurga sun

नेपालमा हालै सम्पन्न खेलहरुमा लामिछानेले नियमित खेलेका थिए। उनले राम्रो प्रदर्शन गरेको भन्दै क्यानले यूएई लैजान पहल गरेको थियो। तर, राष्ट्रिय खेलकुद परिषद्ले थप पहल नगरेपछि क्यान पछि हटेको हो। नाबालिक बलात्कार मुद्दा खेपिरहेका सन्दीप २० लाख धरौटीमा रिहा भएका छन्। अदालतले उनलाई विदेश जान रोक लगाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...