कृष्णपुरको सिद्धेश्वर आधारभूत विद्यालयको ३ कोठे पक्कि भवनको शिलान्यास

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. १ कुमगडामा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे पक्कि भवन र २ कोठे शौचालयको शिलान्यास गरिएको छ ।

विल्ड अन नेपाल नामक संस्था र कृष्णपुर नगरपालिकाको आर्थिक एवम् प्राविधिक सहयोगमा निर्माण हुने उक्त भवनको मंगलबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

भवन शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख हेमराज ओझाले गोजे कुमगडा, सिरुगडा क्षेत्रलाई मौरी र बाख्रा पालनको पकेट क्षेत्र बनाउने बताए । नगर प्रमुख ओझाले मह उत्पादनमा सहयोग होस् भनेर यसैवर्ष चिउरीका बिरुवा लगाइने बताए । त्यसैगरी कुमगडा जाने बाटो निर्माण गरिनुका साथै झुलुङ्गे पुल निर्माण गरिने नगरप्रमुख ओझाले बताए ।

त्यस्तै सामुदायिक विद्यालयहरुमा शिक्षा क्षेत्रको विकासका लागी र बालबालीकाहरुको दक्ष जनशक्तिको रुपमा विकास गर्न नगरपालिका निरन्तर लागि पर्ने समेत ओझाले बताए ।

त्यस्तै वडा नं.८ को नवज्योती आधारभुत बिद्यालय, वडा नं.५ पवित्र आधारभुत बिद्यालयमा शिलान्यास भई बिल्ड अन नेपाल नामक संस्थाको साझेदारीमा भवन निर्माणको कार्य सुरु भइरहेको नगरपालिकाले जनाएको छ ।

Loading...