


अत्तरिया- जे.वि.एकेडेमीको १३औं अभिभावक दिवस तथा बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणीमा रहेको जे.बि.एकेडेमीले बिभिन्न कार्यक्रमको आयोजना गरेर मंगलबार आफ्नो १३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।


एकेडेमीका पि.टि.ए.अध्यक्ष अर्जुन ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा रहेका थिए ।



कार्यक्रममा विशिष्ट अतिथिमा कृष्णपुर नगरपालिका-२ का वडाध्यक्ष अर्जुन साउद रहेका थिए । प्रगती विवरण प्रतिबेदन तथा भाबी योजनाका बारेमा बिद्यालयका प्रवन्ध निर्देशक जगदीश सेटीले जानकारी गरेका थिए । कार्यक्रममा वडा सदस्यहरु, शिक्षक/शिक्षिका, भद्रभलादमी, अभिभावक, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गायक सुरत रावत डोटेली कान्छा, दिग्रा देबी बादी, गणेश चौतारी र बिधालयका बिद्यार्थीहले आकर्षक नृत्यले दर्शकहरुलाई मनोरन्जन समेत गराइएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रिन्सिपल सुरेश राज भट्टले गर्नुका साथै कार्यक्रमको संचालन नरेश नाथ योगीले गरेका थिए।





