गोदावरी नगरपालीकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई कृषि यन्त्र उपकरण सामग्री वितरण

अत्तरिया- कैलालीको अत्तरियामा रहेको गोदावरी नगरपालिकाले किसानहरुलाई कृषि यन्त्र उपकरण सामग्री हस्तान्तरण गरेको छ ।

मंगलबार गोदावरी नगरपालीका कृषि शाखाले एक औपचारीक कार्यक्रम आयोजना गरी १ सय वटा कृषि यन्त्र उपकरण सामाग्रीहरु ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरेको हो । उक्त कृषि यन्त्र उपकरण गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले कृषकहरुलाई हस्तान्तरण गरेका हुन् ।

Navadurga sun

हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख विरेन्द्र भट्टले गोदावरी नगरवासी किसानहरुलाई कृषि उपकरण यन्त्र हस्तान्तरण गर्न पाउँदा एकदमै खुसी लागेको बताए । ‘नगर भित्रका किसानहरू लागि एउटा सम्मान स्वरूप यो यन्त्र उपकरण हस्तान्तरण गरेको र यसको सही तरिकाले सदुपयोग गर्नु हुनेमा आफु विश्वस्त छुँ’ उनले भने, ‘किसानहरुले आफ्नो आय श्रोतहरुलाई अघि बढाएर आत्म निर्भरताको साथ जीवनस्तर उकास्नु हुनेछ ।’

त्यस्तै कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले किसानहरुले उक्त उपकरणको सहि सदुपयोग गरेर आयआर्जनमा वृद्धि, व्यावसायीमा विकास होस् उनले भने । ‘कृषिमा लगनशील भएर जुटेका कृषकहरुले गरेका कार्यले राष्ट्रलाई टेवा पुगोस्, समाज-समूहलाई एकताबद्ध बनाओस् ।’ उनले भने, ‘किसानहरुले उक्त उपकरण प्रदान गरे पश्चात यो आफ्नै उपकरण ठानेर राम्रो संग सदुपयोग गर्नु पर्ने आग्रह गरेका छन् ।’ यन्त्र प्रयोग गरेर यसबाट आउने कमी कमजोरीहरुलाई हेरेर आगामी दिनमा यस भन्दा थप बढी कृषि उपकरणहरु वितरण गर्न सकिने अधिकृत खत्रीले बताए ।

नगरपालिकाले गोदावरी नगरभित्रका कृषि समूह, फर्महरु र व्यक्तिगत गरी १ सय कृषकहरुलाई ५० प्रतिशत अनुदान मा ७५ वटा २२ हर्स पावर र २५ वटा ७ हर्स पावर गरी १ सय वटा कृषि यन्त्र उपकरण वितरण गरेको कृषि शाखा प्रमुख नन्दी मल्लले जानकारी दिइन् ।

उक्त कृषि यस्त्र उपकरण सामग्री आफुहरुले यस्तो अनुदानमा पाउँदा गोदावरी नगरपालिकलाई खुसि हँुदै धन्यबाद ज्ञापन समेत गरेका थिए ।

नगरप्रमुख विरेन्द्र भट्टको अध्यक्षतामा भएको उक्त हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्री प्रमुख अतिथि रहनु भएको थियो । यस्तै गोदावरी नगरपालिका नगर प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट अतिथि रहेका थिए । उक्त हस्तान्तरण कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख महाजित साउदले गरेका थिए।

उक्त कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्ट बाेल्नुहुँदै –

ADD Khali jpg
ADD Khali jpg
Loading...