कैलालीको दुर्गालक्ष्मी क्याम्पसको काम अलपत्रपार्ने कम्पनीसहित पाँच निर्माण कम्पनी कालोसूचीमा

अत्तरिया- सुदूरपश्चिम विद्यालय अन्तर्गतको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस (अत्तरिया) कैलालीको काम अलपत्र पार्ने गुण निर्माण सेवालाई कालोसूचीमा राखिएको छ । गुणराज पाठक सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

ठेक्का अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको छ । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छैन’, खरिद अनुगमन कार्यालयले सूचनामा भनेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै सो काम अलपत्र पार्ने गुण निर्माण सेवा सहित सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने ५ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखीएको छ । खरिद अनुगमन कार्यालयको गत बिहीबारको निणर्य अनुसार भरतपुर-४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । विकास श्रेष्ठ सञ्चालक रहेको यो कम्पनीले चितवनको इच्छाकामना गाउँपालिकाको ठेक्का अलपत्र पारेको थियो । चितवनको खैरहनी नगरपालिकाको सिफारिसमा जय गढीमाई निर्माण कन्स्ट्रक्सन प्रालिलाई पनि कालोसूचीमा राखिएको छ ।

सीताराम चौधरी मुख्य सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । करण कुमार मुडभरी सञ्चालक रहेको मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रा.लि दुई वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीले रसुवागढी हाइड्रोपावर कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार काम नगरेको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

त्यसैगरी बारबर्दिया नगरपालिकाको कार्यालय बर्दियाले कल्पना कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको उक्त कम्पनीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ । खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

Loading...