कैलालीको अत्तरियामा रहेको किड्सजोन एकेडेमीको वार्षिकोउत्सव सम्पन्न

अत्तरिया–अत्तरियामा रहेको किड्सजोन एकेडेमीको वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बीच एकेडेमीको आफ्नो ७ औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । त्यस्तै प्रमुख अतिथि रहनु भएका नगर प्रमुख भट्टले कार्यक्रममा बोल्दै शिक्षाको गुणस्तर संगै स्थानीय रोजगारीका लागि पनि महत्वपुणर् भुमिका एकेडेमीले निभाएको बताए ।

Navadurga sun

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आ-आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. डम्बरबहादुर पाल, नगरप्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपालदत्त भट्ट, निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रिय उपाध्यक्ष जगबिर थापा, प्याब्सनकै केन्द्रिय सदस्य यज्ञराज हमाल, मालाखेती अस्पतालका अध्यक्ष डा. नरबहादुर मौनी, प्याब्सन सुदूरपश्चिमका सचिव यम भण्डारी लगायतको सहभागीता रहेको थियो । विद्यालयका शिक्षक शंकर बडैलाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन कक्षा ४ मा अध्ययनरत छात्र कनिस पाठक र कक्षा ५ मा अध्ययनरत छात्रा सम्भवी भट्टले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...