कैलाली उधोग वाणिज्य संघले भोली धनगढीमा विरोध र्‍याली गर्ने

धनगढी- कैलाली उद्योग वाणिज्य संघ लगायत व्यवसायी संघ सस्थाहरुले धनगढीमा विरोध (याली निकाल्ने भएका छन् । बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयको नीतिमा सुधारको माग गर्दै मंगलबार बिहान धनगढीमा विरोध ¥याली निकाल्न लागेका हुन् ।उनीहरुले १० वुदे माग राख्दै बिहान ९ बजे धनगढी चौराहा देखि पार्क मोड सम्म विरोध (याली आयोजना गरिने कैलाली उद्योग बाणिज्य संघले जनाएको छ ।

जसअन्तरगत उनीहरुले एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरुको खर्च न्यून गरी स्पेड दर ३ प्रतिशन हुनुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत बर्षकै आधारमा लिइनु पर्ने, व्याज बुझाउने म्याद ३५ दिन सम्म नियमित मान्नु पर्ने, लिलाम प्रक्रिया स्थगित गरिनु पर्ने, कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न कार्यक्रम ल्याउनु पर्ने लगायतका माग राखेका छ ।

उक्त आन्दोलनमा होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नाट्टा सुदूरपश्चिम, हार्डवेयर व्यवसायी संघ, होलसेल व्यवसायी संघ, निर्माण व्यवसायी संघ, व्युटि पार्लर व्यवसायी संघ, तरकारी तथा फलफुल व्यवसायी संघ र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसेसनले एक्यवद्धता जनाएका छन ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...