४५ वर्षीया महिला बलात्कारको अभियाेगमा २७ वर्षीय युवक पक्राउ

दार्चुला- दार्चुलामा ४५ वर्षीया महिलालाई जबजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लेकम गाउँपालिका-४ झलाती घर भई हाल शैल्यशिखर नगरपालिका-९ पथ्थरयानीस्थित ससुराली घरमा बस्ने २७ वर्षीय प्रेम पार्की रहेका छन्।

उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...