कृष्णपुर नगरपालिकाको वडा नं.६ मा निःशुल्क आँखा शिविर हुँदै

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नं. ६ मा निःशुल्क आँखा शिविर संचालन हुने भएको छ । कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा मंगलबार वडा नं.६ मा निःशुल्क आँखा शिवर हुने भएको हो ।

Dadeldhura hospital

भोलि (मंगलबार) वडा नं. ६ मा निःशुल्क आँखा शिविर संचालन हुने भएकोले सबै वडाबासीमा उक्त शिविरबाट सेवा लिन हुन समेत अनुरोध गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

माघ २६ गतेदेखि सुरु भएको निःशुल्क आँखा शिविर वडा न १ निगालीबाट नगरप्रमुख हेमराज ओझाको उपस्थितिमा सुरु भएको थियाे । उक्त शिबिरबाट क्रमिक रूपमा २, ३, ४ वडा हुँदै सोमबार फाल्गुन १ गते वडा न ५ मा रहेको कृष्णपुर स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।

Loading...