कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अटो रिक्सा पार्किङ स्थल निर्माणको लागि ठाउँ हेर्दै

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अटो रिक्सा पार्किङ स्थल निर्माणको लागि ठाउँ हेर्ने कार्य गर्दै आएको छ । अव्यवस्थित अटो रिक्सा पार्किङले दुर्घटना बढ्न थालेपछि वडा नं.२ बंक चौराहमा अटो रिक्सा पार्किङ स्थल निर्माणको लागि नगर प्रमुख हेमराज ओझाले ठाउँको निरिक्षण गरेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उक्त निरिक्षणमा नगर प्रमुख लगायत वडा नं. २ का वडाध्यक्ष अर्जुन सिंह साउँद, वडा नं. ४ का वडाध्यक्ष धर्म बहादुर सिंह, राष्ट्रिय भुमी आयोग कञ्चनपुरका सदस्य दिल देउवा, वडा न २ का स्थानीय गोपाल भारती र जय महाकाल युवा क्लबका ह्याकु भण्डारी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै केहिदिन अगाडि मात्रै नगरप्रमुख ओझाको सक्रियतामा वडा नं. २ कै वाणी बजारको उत्तर पश्चिम भागमा अटो रिक्सा पार्किङ स्थल तयार भैसकेको छ ।

Loading...