गेटा मेडिकल विश्वविद्यालय अभियान अत्तरियाले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने

अत्तरिया- गेटा मेडिकल विश्वविद्यालय अभियान अत्तरियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ । फागुन १ गते सुदूरपश्चिम आउन लागेका प्रधानमन्त्री प्रचण्डलाई गेटा मेडिकल विश्वविद्यालय अभियानले ज्ञापन पत्र बुझाउन लागेको हो ।

गेटा मेडिकल विश्वविद्यालय अभियान अत्तरियाले लामो समय देखि गेटामा प्रस्तावित मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै विभिन्न सघर्षका कार्यक्रम गर्दै आइरहेको छ । अभियानका सचिव धर्म सिह कुवरले प्रधानमन्त्री प्रचण्डलाई प्रतास्वित गेटा मेडिकल कलेजको स्थलगत अवलोकन गराउने कार्यक्रम रहेको बताए ।

Navadurga sun

महेन्द्रनगर स्थित खुुला मञ्चमा १४ औँ संस्करणको सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न सुदूरपश्चिम आउने क्रममा प्रधानन्त्री प्रचण्डलाई गेटा मेडिकल कलेजको अवलोकन गराइने उनले बताए ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले दोधरा चादनी सुख्खा बन्दरगाह निमार्ण स्थल, मझगाउँ विमानस्थल र दैजीछेला औद्योगिक क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रस्तावित गेटा मेडिकल विश्वबिद्यालयका अधिकांस भौतिक संरचना निर्माण भइसकेका भएपनि अझै पनि कुन मोडालिटिमा संचालन गर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...