रास्ट्रपति रनिङ सिल्डको तयारी पुरा, प्रदेश प्रमुखले उद्घाटन गर्ने

अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आयोजनामा नगरस्तरीय रनिङ सिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । कृष्णपुर नगर खेलकुद विकास समितिको प्राविधिक सहयोगमा (भोली) बुधबारदेखि सुरु हुने १३औं राष्ट्रपति रनिङ सिल्डको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम तए भएको नगर प्रमुख हेमराज ओझाले जानकारी दिए ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका संयोजक एवं नगरप्रमुख ओझाले रनिङ सिल्ड प्रतियोगितामा विद्यार्थीहरुलाई विद्यालय स्तरबाटै खेलकुदमा रुचि जगाउने र उनीहरूको प्रतिभा पहिचान गराउने भएकोले यसलाई खेल महोत्सवकै रूपमा लिएर उत्साहका साथ सहभागी हुन नगरपालिकाका सम्पुर्ण खेलाडी एवं खेलप्रेमिलाई आह्वान समेत गरेका छन् ।

Navadurga sun

कृष्णपुर नगरपालिका वडा न ४ मौवाफाँटामा रहेको कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा नगरपालिका भित्रका १३ सामुदायिक र १० संस्थागत गरि जम्मा २३ विद्यालय सहभागी हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सचिवालय संयोजक एवं कृष्ण माविका प्रधानाध्यापक गोपाल दत्त बडुले बताए ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको मैदान निर्माण लगायत अन्य सम्पुर्ण तयारी पूरा भएको कृष्णपुर नगर खेलकुद विकास समितिका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १०५ स्वणर् पदका लागि २३ विद्यालयका एक हजार भन्दाबढी खेलाडीको सहभागिता जनाउनेछन् । प्रतियोगितामा भलिबल, कबर्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल खेलाइनेछ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...