निकुञ्जमा खरखडाई

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ का शिवराज रानाको परिवार तीन साता अघि खर खडाईमा व्यस्त थियो । घर र गाईगोठमा छानो छाउन उनको परिवार हरेक वर्ष खर खडाइकै पर्खाइमा हुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खर खडाई खोलेपछि उनीहरू परिवारका सबै खर भित्र्याउने काममा जुट्छन् । उनको परिवारका लागि यो परम्पराजस्तै बनेको छ ।

निकुञ्जले माघ माघ ९ देखि ११ गतेसम्म खर खडाई खोलेको थियो । तीन दिन बिहानदेखि साँझसम्म खर काटेर भित्र्याउने काम भएको रानाले बताए । ‘गाईगोठको छानो छाउन खर नभई हुँदैन,’ उनले भने, ‘हरेक साल फेर्नुपर्छ, गोठमा बार लगाउन पनि खरकै प्रयोग हुन्छ ।’ खर खडाई खुलेका बेला निकुञ्ज आसपासका बस्तीमा खर बोक्नेको भीड लाग्छ । बिहानदेखि साँझसम्मै खर काट्ने र बोक्ने काम चलिरहन्छ ।

निकुञ्ज कार्यालयले आसपासका बासिन्दालाई लक्षित गरेर खर खडाई खोल्दै आएको छ । विगतमा अधिकांशका घर गोठ सबै कच्ची हुन्थे । छानोका लागि खरकै भर पर्थे । हिउँदमा खर खडाई खुलेपछि स्थानीयलाई राहात हुन्थ्यो । तर हालका वर्षमा निकुञ्ज आसपासका बस्तीमा घर गोठ सबै पक्की भइसकेका छन् ।

Bhancha ghar0

फाटफुट मात्रै कच्ची घर छन् । तिनमा पनि जस्ता पाताले छाएका छन् । कच्ची घर भएका तथा गाईवस्तु पालन गर्ने विपन्न परिवारका लागि खर खडाईले निकै सजिलो भएको छ । उनीहरू अन्य काम थाती राखेर पनि खर खडाईमा लाग्ने गरेका छन् । निकुञ्ज किनारमा बसोबास गर्नेहरूले वर्षभरि वन्यजन्तुले दिएको पीडा खर भित्र्याउँदा राहतजस्तै महसुस गर्छन् ।

तर खर खडाई परम्परा जस्तै बनेकाले यो निरन्तर चलिरहेको छ । कतिपयका लागि यो अत्यावश्यक छ भने धेरेका लागि खरका नाममा दाउरा भित्र्याउने माध्यम बनेको छ । ठूलो संख्यामा एकै पटक निकुञ्जभित्र भीड बढ्दा वन्यजन्तुको वासस्थान प्रभावित हुनुका साथै उनीहरूको विचरणसमेत खल्बलिन्छ ।

निकुञ्ज प्रशासनका अनुसार यस पटक ६ हजारले खर खडाइका लागि पुर्जी काटेका थिए । एकै पटक ६ हजार जना निकुञ्जमा पस्दा ठूलादेखि साना वन्यजन्तु सबै प्रभावित हुन्छन् । ‘वन्यजन्तुलाई डिस्टर्ब भए पनि हामीले निकुञ्जबाट स्थानीयलाई पाइने सेवाका रुपमा यसलाई लिएका छौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भने, ‘यसलाई विस्तारै घटाउँदै लगेका छौं ।’ उनका अनुसार निकुञ्जभित्र पस्नेले खाजा तथा खानेकुराका लागि बोक्ने प्लास्टिक तथा अन्य सामग्री बोकेर लैजाँदा यसले प्रदूषणसमेत बढ्ने बताए ।

उनका अनुसार सुरुमा निकुञ्जमा डेढ महिनासम्म खर खडाई चल्थ्यो । त्यसपछि एक महिना, १५ दिन, ७ दिन र ५ दिन हुँदै अहिले ३ दिनमा झारिएको छ । ‘खर खडाईका नाममा काठ गोलियाको तस्करी र हरिया रूख काट्ने काम पनि हुन्छ,’ मेहताले भने, ‘यही जोखिम कम गर्न समय घटाउँदै लैजान थालेका हौं ।’

खर खडाईबाट निकुञ्जभित्रका विभिन्न घाँसेमैदानको व्यवस्थापनमा भने सहजता हुन्छ । खर खडाईका लागि निकुञ्जभित्र पसेका माथि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि त्यतिकै रहन्छ । यस पटक पनि खर खडाईकै समयमा एक महिला हात्तीको आक्रमणमा परिन । शुक्लाफाँटा नगरपालिका १२ कि उनीमाथि खर खडाइको अन्तिम दिन आक्रमण भएको हो ।कान्तिपुरबाट

Leave A Reply

Your email address will not be published.