मेडिकल कलेज सञ्चालन तयारी

डडेल्धुरा- प्रस्तावित डडेल्धुरा मेडिकल कलेज सञ्चालनको तयारी थालिएको छ। सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय मातहतको डडेल्धुरा अस्पतालमा मेडिकल कलेज सञ्चालनको तयारी थालिएको हो। मेडिकल कलेज सञ्चालनका लागि दुई सय रोपनी जमिन र तीन शय्याको अस्पताल आवश्यक पर्दछ।

Ganyapdhura gau

स्वास्थ्य मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएपछि कलेज सञ्चालनको तयारी थालिएको छ। हाल डडेल्धुरामा डिनको कार्यालय स्थापना गरेर कलेज सञ्चालनको तयारी थालिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा।अमरराज जोशीले बताए ।

Navadurga sun
Godawari sandesh

सोमबार डडेल्धुरामा मेडिकल कलेज सञ्चालनबारे छलफल आयोजना गरिएको थियो। उहाँले आवश्यक जमिन मेडिकल कलेजका नाममा नामसारी गरेर अर्थ मन्त्रालयले विनियोजन गरेको बजेट निकासा हुने चरणमा रहेको छलफलका क्रममा जानकारी दिए ।
२०७८ साल माघ १० गते बसेको सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रूपमा अघि बढाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार मेडिकल कलेज स्थापना भइसकेको र अब सञ्चालनको तयारीमा रहेको उनको भनाइ छ।

Dadeldhura hospital

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा चिकित्सा शिक्षा सङकयतर्फ डडेल्धुरा मेडिकल कलेज सञ्चालन गरिने सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले जानकारी दिए । मेडिकल कलेज सञ्चालनका लागि सामान्यतया दुई सय रोपनी जमिन आवश्यक पर्ने चिकित्सा शिक्षा आयोगको प्रावधान छ।

डडेल्धुरा अस्पतालका नाममा १५३ रोपनी जमिन छ। अस्पतालसँगै जोडिएको १९१ रोपनी जमिन कलेज सञ्चालन गर्न भोगाधिकार प्राप्त भएको छ। कीर्तिपुरमा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसका नाममा २२ कोठा भएका भवनसहित ८४ रोपनी जमिन मङ्गलबारसम्म मेडिकल कलेजका नाममा नामसारी हुने बताइन्छ। यो जमिन नामसारी हुने बित्तिकै अध्यापन र छात्राबासका भवन निर्माणका लागि अर्थ मन्त्रालयले विनियोजन गरेको ४० करोड रकम निकासा हुने अपेक्षा छ। यस रकमले आवश्यक भवन निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पार्न सूचना आह्वान गरिने कलेजले जनाएको छ।

डडेल्धुरा अस्पतालमा अहिले एक सय शय्यासहित बिरामीको उपचार गरिँदै आएको छ। असार मसान्तभित्रै निर्माणाधीन दुईवटा अस्पतालका भवनबाट थप १२५ शøयाको अस्पताल सञ्चालन गरिने छ। सुदूरपश्चिम प्रदेशले एक सय शय्याको ट्रमा सेन्टरका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको अस्पतालका निमित्त मेसु डा. चेतराज भट्टले जानकारी दिए ।

उनका अनुसार डडेल्धुरा अस्पतालमा पाँच सय शय्याको अस्पताल सञ्चालनका लागि सबै प्रक्रिया पूरा गरेर स्वास्थ्य मन्त्रालयमा फाइल पठाइएको छ। देश भर सङ्घीय सरकार मातहत रहेका अस्पतालको सङ्ख्या १२ छ। १२ वटै अस्पतालले एकै पटक अनुमति पाउने भएकाले प्रक्रियामा ढिलाइ भएको छ। नयाँ शैक्षिक सत्र २०८० देखि नै डडेल्धुरा मेडिकल कलेजमा मास्टर्स वा एमएसका कक्षा सञ्चालन गर्ने तयारीमा सुदूरपश्चिम विश्वविद्यालय रहेको बताइन्छ।

Couple
Loading...