धनगढी बसपार्कमा भेटीएका पुरुषको हत्याको आशंकामा ६ जना नियन्त्रणमा




धनगढी, १४ जेठ- धनगढीको बसपार्कमा मृत अवस्थामा भेटीएका पुरुषको हत्याको आशंकामा सोधपुछका लागि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बसपार्कबाट ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए ।


टाउकोमा चोट लागेको अवस्थामा भेटीएका ती पुरुषको परिचय खुल्न बाँकी रहेको छ । शुक्रवार बिहान बसपार्कस्थित प्रतिक्षालयमा अन्दाजी २७/२८ वर्षीय पुरुषको शव फेला परेको हो । प्रवक्ता बिष्टले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।



