कञ्चनपुरमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु

कञ्चनपुर- पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन्। आज (शनिवार) पुनर्वास नगरपालिका– ५ सिम्रीस्थित धनगढी–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा ३ जना घाइते भएका थिए।

घाइते मकवानपुरको हेटौडा उपमहानगरपालिका–१ का ३१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो। उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

Navadurga sun

उनका अनुसार अटोमा सवार रामेछापको मन्थली नगरपालिका–११ का १८ वर्षीया सविना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय सुशील बुढाथोकी घाइते छन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...