अमेजनले किन्यो हलिउडको सर्वाधिक चर्चित स्टुडियो, मूल्य करिब १० खर्ब रुपैयाँ

इ कमर्श कम्पनी अमेजनले हलिउडको सर्वाधिक चर्चितमध्येको एक एमजिएम स्टुडियो खरीद गर्ने सहमति गरेको छ । सम लाइक इट हट तथा सिंगिङ इन रेन जस्ता विभिन्न क्लालिस फिल्महरु निर्माण गरेको ९७ वर्षअघि स्थापित ऐतिहासिक एमजिएम स्टुडियो अमेजनले ८ अर्ब ४५ करोड डलरमा खरीद गर्ने भएको हो ।

सो खरीद पश्चात् अमेजनको प्राइभ स्ट्रिमिंग सर्भिसले उक्त स्टुडियोसँग रहेका ठूलो परिमाणका सामाग्रीहरुको स्वामित्व प्राप्त गर्नेछ । एमजिएम स्टुडियो खरीदको विषय निकै उत्साहप्रद रहेको र यसले उच्च गुणस्तरीय कथा निर्माणका लागि थुप्रै अवसरहरु प्रदान गर्ने अमेजनका एक कार्यकारीले बताएका छन् ।

Navadurga sun

अमेजनको प्राइम भिडियो तथा अमेजन स्टुडियोजका वरिष्ठ उपाध्यक्ष माइक हप्किन्सले भनेका छन् – ‘यस सम्झौताको वास्तविक वित्तिय मूल्य भनेको यसको गहन तथा व्यापक बौद्धिक सम्पत्तिको खजाना हो जसलाई एमजिएमको प्रतिभाशाली समूहसँग मिलेर पुनर्कल्पना तथा विकास गर्ने हाम्रो योजना छ ।’

यो खरीदसँगै अमेजनले आफ्नो प्राइम भिडियोमा जेम्स बोन्ड तथा लिगल्ली बोल्ड लगायतका विभिन्न ४ हजार वटा हलिउड फिल्मका साथै ह्याण्डमेड टेल टिभी सिरिज लगायत १७ हजार भन्दा बडि टेलिभिजन शोहरु थप गर्नेछ ।

एमजिएम स्टुडियोजको मातृ कम्पनी एमजिएम होल्डिंग्सले गत वर्षदेखि नै स्टुडियो बिक्री गर्न प्रयास गरिरहेको थियो । एमजिएम स्टुडियो सन् १९२४ मा स्थापना भएको हो ।

खरीदका विषयमा एक विज्ञप्ति जारी गर्दै अमेजनले नयाँ सम्झौता पश्चात् पनि एमजिएम स्टुडियोले महान कथाहरु निर्माणको आफ्नो उत्कृष्ट कार्यलाई निरन्तरता दिने बताएको छ ।

एमजिएमको बोर्ड अफ डाइरेक्टर्सका अध्यक्ष केभिन उल्रीचले हलिउडको स्वर्णीम समयको प्रतिनिधित्व गर्ने एमजिएमले आफ्नो कथानक इतिहासलाई निरन्तरता दिने विषयले आफु गौरवान्वित रहेको बताएका छन् ।

एमजिएमको कथानक इतिहासलाई अमेजनसँग आबद्ध गर्ने अवसर एउटा उत्साहप्रद संयोजन रहेको उनको भनाइ छ । पछिल्लो समय अमेजनको स्ट्रिमिंग सर्भिसले नेटफ्लिक्स, डिज्नी प्लस तथा एप्पल टिभी लगायतबाट तिव्र प्रतिस्पर्धाको सामना गरिरहेको छ । यस्तो अवस्थामा हलिउडउको सर्वाधिक आइकनिक फिल्म स्टुलिडयो खरीद गर्ने विषय अमेजनका लागि निर्विकल्प रहेको विश्लेषकहरु बताउँछन् ।

स्मरण रहोस् केही दिन अगाडि मात्रै अमेरिकी टेलिकम कम्पनी एटी एण्ड टी ले आफ्नो वार्नर मिडियो युनिटलाई डिस्कभरी च्यानलसँग आबद्ध गरी नयाँ स्ट्रिमिंग प्लाटफर्म निर्माण गर्नका लागि ४३ अर्ब डलरको सम्झौता गरेको थियो । उक्त सम्झौतासँगै वार्नर मिडिया र डिस्कभरी च्यानलको स्वामित्व एकिकृत भएको थियो ।

अमेजनले एमजिएम स्टुुडियो खरीद गर्नका लागि गरेको सम्झौता कम्पनीको इतिहासमा दोश्रो ठूलो सम्झौता हो । यसअघि सन् २०१७ मा अमेजनले १३ अर्ब ७० करोड डलरमा ग्रोसरी चेन होल फुड्स मार्केट खरीद गरेको थियो ।
बीबीसी

ADD Khali jpg
ADD Khali jpg
Loading...