कृष्णपुर नगरपालिकाको आयोजनामा नगरस्तरीय माघी मिलन तथा शुभकामना कार्यक्रम सम्पन्न

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरस्तरिय माघि विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । आईतबार नगरले माघिलाई लक्षित गरी वृहत कार्यक्रमको आयोजना गरेको हो ।

नगरपालिकाको वडा नं. ३ का वडाध्यक्ष खेम चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एनपि साउँद रहेका थिए भने विशिष्ठ अतिथिमा प्रदेश सभा सदस्य गीता चौधरी, नगरप्रमुख हेमराज ओझा, जिल्ला समन्वय समिति कंचनपुरका संयोजक दुर्गा बोहोरा नगरउपप्रमुख द्रोपती राना रहेका थिए भने अन्य दर्जनौ अतिथिहरु थिए । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य साउँदले थारु समुदायलाई विशेष अधिकार दिईनुपर्ने बताए ।

Navadurga sun
Godawari sandesh

उनले थारु भनेका भुमिपुत्र भएकाले उनिहरुको संरक्षण र संर्वद्धनमा सबैले अग्रसर हुनुपर्ने बताए । उनले थारु समुदायलाई अधिकार दिनमा कन्जुस्याई नगरी उनिहरुलाई अधिकार सम्पन्न बनाउनुपर्ने समेत बताए । कार्यक्रममा बोल्दै नगरप्रमुख ओझाले ठुलो संख्यामा आदिवासी जनजाती र भुमिपुत्रहरु बसोबास गर्ने ठाउँ कृष्णपुर भएको बताए ।

Dadeldhura hospital

उनले थारु जातीको सांस्कृतिक संरक्षण गर्नु सबैको दायित्व भएको र त्यसैको संरक्षणका लागी नगरपालिकाले माघि विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको बताए । उनले माघिलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने भएकाले पनि थारु समुदायमा यसको ठुलो महत्व रहेको बताए । ‘धर्तिपुत्र आदिवासी, जनजातीको संस्कृति संरक्षणका लागी नगरपालिकाले भलमन्सा प्रथा ऐन नगरपालिकाले पारित गरिसकेको छ’ उनले भने ‘हामीले यो प्रथालाई कानुनी मान्यता दिएका छौ ।’

उनले भलमन्सा प्रथाकै संरक्षणका लागी नगरमा एउटा भलमन्सा भवन बनाउने योजना रहेको उनले बताए । उनले भलमन्सा प्रथाले उक्त समुदायको परम्परागत थारु समुदायको पहिचान हराउदै गएको प्रति भने चिन्ता व्यक्त गरेका छन । उनले पछिल्लो समय थारु समुदायका युवाहरुले आफ्नो परम्परागत संस्कृति छाडेर बाह्य संस्कृति अपनाईरहेकाले थारु समुदायको संस्कृति र परम्परा लोप हुदै गईरहेको समेत बताए । उनका अनुसार थारु समुदायको थारु सम्वत् नेपाल सम्वत, विक्रम संवत र ईस्वी सम्वत भन्दा अगाडी भएकाले थारु समुदायका मानिसलाई भुमिपुत्र भनिएको हो ।

हाल थारु समुदायले २६४५ थारु वर्ष मनाईरहेका छन । कार्यक्रममा कैलाली, कञ्चपुरका मात्रै नभई बाँके, बर्दियाका समेत चर्चित थारु कलाकारहरुले आफ्ना प्रस्तुती राखेका थिए । त्यति मात्रै नभई नगरमा रहेका सबै वडाबाट आ-आफ्नो संस्कृति झल्कने खालका प्रस्तुतीहरु थारु समुदायले प्रस्तु गरेका थिए । कार्यक्रममा सबै वडाबासीको मानिसहरुको सहभागीता रहेको थियो ।

Loading...