कृष्णपुरका ९ वटै वडाबाट ‘नागरीकसँग मेयर कार्यक्रम’ एक साथ शुरु

अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा स्वास्थ्य सम्बन्धि कार्यक्रम ‘नागरीकसँग मेयर’ घरदैलो स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रम गरिएको छ । मंगलबार नगरप्रमुख हेमराज ओझाले वडा न ५ को पवीत्रा बस्तीबाट र नगरका अरु आठ वडाबाट सम्बन्धित वडाका वडाध्यक्षहरुको उपस्थितिमा एकसाथ उक्त कार्यक्रमको शुरुवात गरिएको हो ।

Navadurga sun
Godawari sandesh

नागरिकसँग मेयर कार्यक्रम“ को उद्घाटनपछि नगरप्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकामा बसोबास गर्ने प्रत्येक नागरीकको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यक्रमीको टिमसहित घरदैलोमा पुग्न चाहेको बताए । उनले आफुले निर्वाचन भएदेखि नै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने योजना अनुरुप नै यो कार्यक्रम शुरूवात गरिएकोले नागरिकले यसको फाइदा लिन सक्नुपर्ने बताए ।

Dadeldhura hospital

नगरप्रमुख ओझा भन्छन् विकास निर्माणका कामहरु शिलशिलाबद्ध रूपमा अगाडि बढ्दै जान्छन् केहिदिन ढिला शुरु भएपनी खासै फरक पर्दैन तर नागरिकको स्वास्थ्य गम्भीर विषय भएकोले आफ्नो कार्यकालभरी पहिलो प्राथमिकता स्वास्थ्यले नै पाउनेछ।

नागरिकसँग मेयर कार्यक्रमबारे नगरप्रमुख ओझा भन्छन् शुरूवातमा स्वास्थ्यक्रमीले नौवटा वडाका प्रत्येक नागरिकका घर घरमा पुगेर रक्तचाप (द्यए) चेकजाँच गर्नुहुन्छ,नागरिकको थप स्वास्थ्य अवस्था बुझ्नुहुन्छ त्यसपछि त्यसबाट के रिपोर्ट निस्किन्छ,क- कसलाई सामान्य र जटिल समस्या छ त्यसका आधारमा बृहत योजनाका साथ दोश्रो चरणमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याइनेछ ।

दक्ष जनशक्ती सहितको स्वास्थ्यक्रमीको टोली प्रत्येक नागरिकको घर घरमा पुग्ने भएकोले यो कार्यक्रम नागरिकका लागि अत्यन्तै फलदायी हुने कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्टले बताए । शुरूवातमा नागरिकसँग मेयर कार्यक्रमका लागि १५ दिन छुट्याइए पनि पछि आवश्यकता अनुसार केहिदिन थप्न सकिने बिस्ट बताउँछन् ।

हाल कृष्णपुर नगरपालिका वडा न ५ मा रहेको कृष्णपुर स्वास्थ्य चौकी चिकित्सक सहित चौबिसैं घण्टा सञ्चालनमा रहेको छ । त्यसैगरी नगरपालिकाले सुत्केरी महिला,जेष्ठ नागरिक,शारीरिक रूपमा अशक्त नागरिक र आर्थिक हिसाबमा कमजोर बिरामीलाई निशुक्ल एम्बुलेन्स सेवा दिदै आएको छ ।

त्यस्तै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले धनगढी रक्त सञ्चार केन्द्रसँग समन्वय गर्दै नगरका नागरिकलाई रगत आवश्यक परे नगरपालिकाको परिचय खुल्ने कागज उपलब्ध गराएर निशुल्क रगत पाउने व्यवस्था समेत मिलाएका छन् ।

Loading...