सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको बैठक मङ्गलबार सम्मका लागि स्थगित भएको छ । आज (सोमबार) राष्ट्रिय शोक परेकोले प्रदेश सभा बैठक नबस्ने भएको हो ।

राष्ट्रिय झण्डा झुकाउने भनेको बेला बैठक बस्नु हुन्न भन्ने सहमति भएको प्रदेश सभा सदस्य ओमविक्रम भाटले बताए । प्रदेश सभाका अर्का सदस्य नरेशकुमार शाहीका अनुसार माघ ३ गते मङ्गलबार बिहान १० बजे बैठक बस्ने गरेर बैठक स्थगित भएको हो ।

लगातार दुई पटक सभामुख छानिन नसकेपछि आज (सोमबार) तेस्रो पटक सभामुख छान्नका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.