

प्रकाशबहादुर बोहरा
अत्तरिया, २८ पुष । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नागरिकसंग मेयर कार्यक्रम सुरु गर्ने भएको छ । नगरपालिकाले नसर्ने रोग सम्बन्धी स्वास्थ्यकर्मीहरुलाई १ दिने अभिमूखीकरण कार्यक्रम सचालन गर्न लागेको हो ।


नगरपालिकाले संचालन गरेको उक्त कार्यक्रममा वडा-वडामा गएर स्वास्थ्य सेवा विशेष गरी विपी, सुगर, किड्नीका जस्ता रोगको बारेमा सहजै चेकजाँचका लागि नागरीकहरुलाई प्रत्यक्षरुपमा सम्वोधन गर्न नसकिने भएका कारणले नगरपालिकाले नागरिकसंग मेयर कार्यक्रम ल्याएको नगर प्रमुख हेमराज ओझाले बताए ।



उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख ओझाले आफु निर्वाचित भएर आएदेखि नै स्वास्थ्य सेवा कसरी गर्ने भन्ने कुरा सरकार स्थानिय तहमा पुगेसँगै नागरिकको अपेक्षा पनि धेरै छ । त्यसैले घरघरमा गएर स्वास्थ्य सेवा दिनुपर्न जरुरी रहेको बताए । त्यसैले यो हाम्रो दायित्व भित्र पर्ने कुरा भएको बताए । स्वास्थ्य संस्थामा आउन नसक्दा हाम्रो नागरिकले क्षति व्यहोरेको बताए । हामीजता जतै जाँदा प्यारेलास भएको मानिस भेट्छौ । त्यसै सर्वप्रथम सबैका घरघरमा गई विवि लिने भन्ने उद्देश्यका साथ समाजलाई एवार्ड गर्ने हिसाबले स्वास्थ्यकर्मीहरुले घरघर जानु पर्ने ओझाले बताए ।
कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्टले यो कार्यक्रम नागरिकसंग मेयर कार्यक्रम नयाँ भएको बताए । यो कार्यक्रम नगरपालिकाबाट बिनियोजित कार्यक्रम मध्ये एउटा कार्यक्रम हो । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ननसर्दे रोग सम्वन्धी रहेको बताए । त्यस्तै नसर्ने रोगहरु क्यान्सर, बलड प्रेसर, किड्नी रोग, मुटुरोग यस्तो रोग जो एकदमै पैmलिरहेका छन् । यस्तो किसिमका रोगहरु कम गर्नको लागि १० लाख रकम विनियोजन गरिएको बताए ।
यसका चरणहरु ३-४ वटा रहेको बताउँदै पहिलो चरणमा स्वास्थ्यकर्मीहरु परिचालन गरेर घर-घरमै घर भेट गर्छौ । त्यसबाट ब्लड प्रेसर लगायत मृगौला, ब्लड ग्रुप र किड्नी सम्वन्धी चेकजाँच गर्छौ । यो नियमत चल्ने कार्यक्रम रहेको उनले बताए ।
स्वास्थ्यकर्मिहरु ३ गतेसम्म पहिचालन भै सक्ने र १३ देखि १४ गतेसम्म सक्ने लक्ष्य रहेको र ढिलोमा माघ २० गते सम्म सक्ने स्वास्थ्य शाखा प्रमुख बिष्टले बताए । घरभेट कार्यक्रम समाप्त भए पश्चात उहाँहरुलाई थप उपचार गर्ने नै छ र अरुलाई पनि हामी ११ वटै स्वास्थ्य संस्थामा १ दिने क्याम्प राख्ने उनले बताए । यस नगरपालिकामा एम्बुलेन्स सेवा निःशुल्क रहेको र २४ सैं घण्टा आकस्मिक सेवा रहेको उनले बताए ।