सेतीको प्रयोगशालामा गरिएको नमुना परिक्षणमा थप १३३ जनामा कोरोना पुष्टि, ४ को मृत्यु




अत्तरिया, ११ जेठ- मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६५४ जनाको नमुना परिक्षण गरिएकोमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि देखीएको छ ।



पछिल्लो २४ घण्टामा गरिएको ६ सय ५४ जनाको नमुना परिक्षणका क्रममा १३३ जनाको कोरोना पोजेटिभ र ५२१ जनाको रिर्पोट नेगेटिभ आएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।


सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा ६५ जनाको उपचार भईरहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट १६ जना कोरोनामुक्त भएका छन् भने थप ४ जना थप नयाँ बिरामी भर्ना भएका छन् । ११ जना आइसियुमा र ३ जना भेन्टीलेटरमा उपचाररत छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।



