कृष्णपुर सहकारीको वार्षिक साधारणसभा सम्पन्न

संस्थाले ३० लाख बढी निक्षेप संकलन

अत्तरिया- कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरियामा रहेको कृष्णपुर सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार संस्थाका अध्यक्ष वीरबहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा रहेका थिए । नगरप्रमुख ओझाले संस्थाको खुलेर प्रशंसा गर्दै संस्थालाई सुदृढीकरण गर्न जुनसुकै समयमा छलफल तथा सहयोग गर्न तत्पर रहने बताए ।

Navadurga sun
Godawari sandesh

सहकारी संस्थाका अध्यक्ष वीरवहादुर खड्काले किसानहरुले खेतीको समयमा आवश्यक पर्ने मलखाद नपाएको गुनासो गरे । कतिपय किसानहरूले मलखाद अपुगका कारण रोपेको जस्तो फल नपाएको उनले बताए ।

Dadeldhura hospital

कृष्णपुर नगरपालिका भित्रका कृषकलाई आवश्यक मलखादका लागि सहजीकरण गर्न संस्थाले पहल गर्ने उनले बताए उनले संस्था २०३३ सालमा स्थापना भएको सबै भन्दा पुरानो संस्था रहेको बताए । तत्कालीन अवस्थामा द्वन्द्वकाल कारणसेवा प्रदान गर्न कठिनाइ भएको तर, अहिले यस सहकरी संस्था सक्रिय भई निरन्तर रुपमा सदस्यहरूलाई सेवा उपलब्ध गर्दै आइरहेको उनले बताए ।

संस्थाको (आय- ब्यय) प्रस्तुत लेखा सुपरिवेक्षण समिति सदस्य डम्मर राज भट्टले गरेका थिए । संस्थाले साधारण सभामा प्रगति प्रतिबेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ सम्ममा आइपुग्दा ५१ लाख ११ हजार बराबरको आर्थिक कारोवार गरेको छ । साथै संस्थाले यस आर्थिक वर्षमा सम्पूणर् खर्च कटाई २७ हजार ७ सय ६२ रुपैयाँ मुनाफा आर्जन गरेको हो ।

यसैगरी आव २०७८/०७९ मा आइपुग्दा संस्थाको हालसम्म जम्मा शेयर सदस्य संख्या १३ सय ५० जना रहेका छन् । सहकारी संस्थाको कुल सेयर पुँजी १५ लाख ३२ हजार ५ सय १२ रहेको छ । संस्थाले ३० लाख बढी निक्षेप संकलन गरेको छ । संस्थाले बचत तर्फ आ व २०७८/०७९ मा ३० लाख १८ हजार रकम बराबरको निक्षेप संकलन गरेसंगै २७ लाख रुपैयाँ बराबरको ऋण लगानी यस संस्था ले गरेको छ ।

कार्यक्रममा समाजसेवी तथा बुद्दिजिबी दुर्गादत्त भट्ट, शुक्लाफाँटा नगरपालिका ११ का वडा अध्यक्ष शेरबहादुर साउद, कृष्णपुर नगरपालिका ५ का वडा अध्यक्ष टेकराज पाण्डेय को उस्थिति रहेको थियो ।

यस्तै गुलरिया बजार ब्यवस्थापन समितिका अध्यक्ष पुष्पराज भट्ट शेयर सदस्यहरू सरोकारवालाको उपस्थिति रहेको थियो । संस्थाको वार्षिक कार्यक्रम सञ्चालन संस्थाका संचालक समितिका सदस्य सरोज राज जोशीले गरेका थिए ।

Loading...