अत्तरियामा रहेको सेभ हाउसलाई जनकल्याण सेकेण्डरी स्कूलद्धारा खाद्यान्न सहयोग

प्रकाशबहादुर बोहरा
अत्तरिया, २३ पुष- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग गरिएको छ । गोदावरीकै वडा नम्बर २ मा रहेको जनकल्याण सेकेण्डरी स्कूलले सेभ हाउसलाई खाद्यान्न सहयोग गरेको हो ।

सेभ हाउसमा आश्रय लिएर बसेका महिला तथा बालबालिकाका लागि स्कूलबाट करिब २२ हजार बरावरको खाद्यान्न सहयोग गरिएको प्रिन्सिपल योगेन्द्र हमालले बताए । उनले सेभ हाउसलाई अघिल्ला दिनहरुमा सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि अभैm सहयोग गर्दै जाने बताउनु भयो । ‘सेभ हाउस अत्तरिया छ है भन्ने जानकारी सम्पूणर् मानिहरुस्मा जानकारी नभएको र कतिपय मानिसहरुले म सहयोग गर्थे भन्ने भावनाका साथ सहयोग गरिदिन पनि अनुरोध गरे ।’ उनले भने, ‘सहयोग गर्छु भन्ने भावना भएकाहरुलाई सहयोग गर्ने बाटो बनोस भन्नको लागि आफुहरु यस ठाउँ सम्म आएर खाद्यान्न सहयोग गरको बतनाए ।’

Bhancha ghar0

त्यस्तै स्कूलमा अध्ययनरत बालबालिकाका हाथबाट उक्त सामाग्रीहरु हस्तान्तरण गर्न लगाइएको थियो यस्तो गर्नुमा बालबालिकाहरुमा पनि भविष्यमा हामिहरुले पनि सहयोग गर्नुपर्छ भन्ने भावना जागुन भन्नको लागि बालबालिकाको हातबाट वितरण गरिएको प्रिन्सिपल हमालले बताए ।

बालबालिकाहरुले एक दिनको खाजा खर्च कटाएर ५ हजार ३ सय, १५ हजार स्कूलले र अरु यस स्कूलका शिक्षक शिक्षिकाहरुले सहयोग गरेका थिए ।

खाद्यान्न सहयोग अन्तरगत स्कुलले सवा २ क्वीटल चामल, ५० किलो आलु, १५ किलो फुलगोबी, १५ किलो बन्दगोबी, ५ लिटर तेल, ५ किलो नुन, १५ किलो दाल, टमाटर लगायतका सामग्रीहरु सहयोग गरेको छ ।

उक्त सामग्री स्कूलका प्रिन्सिपल, उहाँका ममतामयी आमा र विद्यार्थीहरुले एक कार्यक्रमका बिच सेभ हाउसका अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरेका थिए । ‘स्थानीय निकायले यस सेभ हाउसमा ध्यान आकर्षण गर्न जरुरी रहेको बताए ।’ उनले भनिन्, ‘बजार भरी दाउरा वितरण गर्‍यो तर हाम्रो बच्चा थुर थुरी काम्दै छन् उहाँको ध्यान यस तर्पm जान जरुरी रहेको मलासीले बताइन ।’ उक्त सामाग्री बुझ्दै मसालीले यस सेभ हाउसलाई सहयोग गर्नुभएको धन्यावाद ज्ञापन समेत गरेका थिए ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.