स्ववियु निर्वाचन चैत ५ गते गर्ने प्रस्ताव

काठमाडौं-  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने तयारी थालेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत ५ गते स्ववियु निर्वाचन गर्ने प्रस्ताव त्रिवि कार्यकारी परिषद्समक्ष पेश गरेको हो।

निर्देशनालयका प्रमुख पशुपति अधिकारीका अनुसार स्ववियु निर्वाचन चैत ५ गते गर्ने प्रस्ताव गरिएको हो।

Navadurga sun

अधिकारीले भने, ‘विद्यार्थी कल्याण परिषदको बिहीबार बसेको बैठकले चैत ५ गते निर्वाचन गर्न कार्यकारी परिषद् समक्ष प्रस्ताव पेश गरेको हो।

कार्यकारी परिषदले प्रस्ताव पास गरेमा छिट्टै निर्वाचन कार्यतालिका प्रकाशन गर्छौ।’ देशभर ६२ आंगिक क्याम्पस रहेका छन्। त्रिविले लामो समयदेखि स्ववियु निर्वाचन गराउन सकेको थिएन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...