सुदूरपश्चिमेली नेपाली समाजद्वारा धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ लाख ५१ हजार सहयोग

धनगढी, १० जेठ- सुदूरपश्चिमेली नेपाली समाजद्वारा धनगढीमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि १ लाख ५१ हजार सहयोग गरिएको छ । धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान माफर्त नेपाली १ लाख ५१ हजार मेयर कल्याणकारी कोषमा जम्मा हुनेगरि मेयर नृप वडलाई चेक हस्तान्तरण गरेका छन् ।

विश्व नै कोविड-१९ महामारी रोगबाट ग्रसित भएको बेला वर्तमान स्थितिमा सुदूरपश्चिम प्रदेशमा झन भयावह स्थिति उत्पन्न भएको अवस्थामा हामीले समाजको तर्फबाट उक्त समस्याको समाधानको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको समाजका अध्यक्ष धनबहादुर बलायरले बताए । सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका नेपाल संयोजक चेतन बहादुर थापाको नेतृत्वमा सोमबार धनगढी उपमहानगरपालिकाको कार्यालयमा उपस्थिति भएर चेक हस्तान्तरण गरेका हुन् ।

Navadurga sun

सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा, विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपालीलाई आईपर्ने समस्याहरुको समाधानका लागि, नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा लगायत विभिन्न परोपकारी कार्यको लागी स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत रकम सहयोग गरेको सुदूरपश्चिम कोविड १९ विपद व्यवस्थापन संयोजक एवं महिला उपाध्यक्ष सुमि शाहिले बताईन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...