आजको मौसम: तीन प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं- आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमानअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ। कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

Navadurga sun

शनिबार दिउँसो कोशी प्रदेशका सबै भूभागसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ। तराईका भूभागमा भने आंशिक बादल लाग्नेछ।

त्यस्तै, राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा पनि देशका केही स्थानमा भारी वर्षा भएको थियो भने धेरै स्थानमा मध्यम वर्षा भएको थियो। मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...