सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

अत्तरिया- कैलालीको चुरे गाउँपालिकामा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी अभिमुखीकरण तालिम समापन्न भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय धनगढीको आयोजना मा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन सम्बन्धी अभिमुखीकरण कार्यक्रम  गाउँपालिकामा सोमवार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

उक्त कार्यक्रममा बोल्दै चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले सुर्तीजन्य पदार्थ लागू औषधका कारण धेरै जसो मानिसहरू पागल भएर हिँडिरहेका छन् भने धेरै मानिस को घर बार बिग्रेको बताए ।

Navadurga sun
Godawari sandesh

‘समाज मा चोरी डकैती मा फसिरहेका छन्,’ उनले भने,‘आफनै घर बाट चोर्न र त्यस पछि गाउँ मा चोरी गर्न सुरु गर्छन् । ’ यस्ता कार्यक्रमले गर्दा समाजमा पनि नराम्रो कुलत मा फसेका व्यक्तिहरू पनि कुलत बाट बच्नका लागि अति महत्त्वपूर्ण भूमिका रहने उनले बताए ।

Loading...